
काठमाडौं । काठमाडौं महानगरपालिकाले दोहोरी साँझ, डान्सबार र नाइट क्लबहरुलाई ३५ दिनभित्र कर बुझाउन निर्देशन दिएको छ ।
मंगलबार सार्वजनिक सूचना प्रकाशन गर्दै ३५ दिनभित्र कर दाखिला नगरे/नगराएमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने उल्लेख गरेको छ ।
हायात होटलमा सांगितिक कार्यमक्रम (कन्सर्ट)आयोजना गर्ने गराज इन्टरटेनमेन्ट र एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिज, एलओडी (डिस्को)लगायतलाई मनोरञ्जन कर तिर्न माघ १६ गते पत्राचार गरेको थियो ।
गोपिकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेल गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेका ससुरा हुन् ।
दोहोरी साँझ, डान्सबार र नाइट क्लबहरुलाई माघ १६ गते पत्राचार गरेको थियो । कर बुझाउन पटक पटक लिखित, फोन तथा मौखिक जानकारी गराए पनि कर बुझाउन बेवास्ता गरेको महानगरपालिकाले जनाएको छ ।
तोकिएको समयमा कर नतिरे कानुन बमोजिम कारबाही गर्ने महानगरले जनाएको छ ।

SHARE YOUR THOUGHTS