![](https://internal.appharu.com/wp-content/uploads/2024/05/maha-nagar-mela-2.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छन् ।
२ हजार ८१ जनालाई रोजगारी दिनेगरी निःशुल्क ‘सिपमुलक तालिम’ दिन काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेला बुधवारदेखि सुरु भएको छ ।
उक्त मेलाको उद्घाटन गर्दै उप्रमुख डंगोलले शिक्षालाई सिपसँग,सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताइन् ।
काठमाडौं महानगरपालिकाले सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/maha-nagar-mela-12-768x512.jpg)
१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिनको लागि मेलाको आयोजना गरिएको उनको भनाइ छ ।
महानगरपालिकाले रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि भन्ने नारा तय गरेर अभियान चलाएको उनको भनाइ छ ।
पछिल्लो समय बजारमा बेरोजगारी बढ्दै गएको स्वरोजगार बनाउने महानगरको उद्देश्य रहेको उनले बताइन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/maha-nagar-mela-13.jpg)
बजारमा दक्ष श्रम जनशक्ति नपाएको रोजगारदाताको गुनासोलाई पनि महानगरले सम्बोधन गरी श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्ने उनले बताइन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/maha-nagar-mela-15.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/maha-nagar-mela-11.jpg)
SHARE YOUR THOUGHTS