![](https://internal.appharu.com/wp-content/uploads/2023/10/dv25.png)
काठमाडौं । सन् २०२५ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार प्रकाशिन हुने भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले डीभी भिसा २०२५ को छनोट समय लगभग आइसकेको जनाएको छ ।
शनिबार (वैशाख २२ गते) राति ९ बजेबाट डीभीको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।
शनिबार राति ९ बजेपछि यहाँ क्लिक गरेर हेर्नुस् डीभीको नतिजा
नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ ।
छनोट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन् ।
SHARE YOUR THOUGHTS