![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-4-scaled.jpg)
काठमाडौं । नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेकी जापानकी विदेश मन्त्री खामिखावा योको बसन्तपुर पुगेकी छन् ।
आइतबार दिउँसो उनी काठमाडौंको बसन्तपुर भ्रमणमा पुगेकी हुन् । यसपछि उनी जमलस्थित मण्डला बुक प्वाइन्टको अवलोकनका लागि पुग्ने छिन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-7-scaled.jpg)
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । उनी श्रीलंकाको कोलम्बोबाट १२ बजे काठमाडौं आइपुगेकी हुन् । दक्षिण एसियाली देशहरुको भ्रमणको क्रममा रहेकी कामिकावाको यो पहिलो नेपाल भ्रमण हो ।
भ्रमणका क्रममा योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्ने छिन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-6-scaled.jpg)
प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्ने छन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने छिन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-8-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-9-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-10-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-1-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-3-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-2-scaled.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-fpreign-minister-Basantapur-5-scaled.jpg)
SHARE YOUR THOUGHTS