![](https://internal.appharu.com/wp-content/uploads/2023/11/accident-768x403.jpg)
काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो पौने ३ बजे कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल नजिकै दुर्घटनामा परेको पर्दा एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना भने खुलिनसकेको प्रहरीले जनाएको छ । बसमा कति जना सवार थिए भन्ने यकिन तथ्याङ्क समेत आइनसकेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS