गिरीबन्धु टि-इस्टेटको जग्गा साटफेर गर्न दिने तत्कालीन ओली सरकारलाई कारबाही गर्नुपर्छ: बालेन « Eglish Khabarhub

गिरीबन्धु टि-इस्टेटको जग्गा साटफेर गर्न दिने तत्कालीन ओली सरकारलाई कारबाही गर्नुपर्छ: बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले झापास्थित गिरीबन्धु टि-इस्टेटको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी शर्मा ओली सरकारलाई कारबाही गर्नुपर्ने तर्क गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले गिरीबन्धु टि–इस्टेट अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको भन्दै वर्तमान सरकारले तत्कालीन सरकारलाई कारबाहीको भागीदार बनाउनु पर्ने उल्लेख गरेका हुन् ।

अहिलेको अवस्थामा त्यहाँको जग्गाको मूल्य १० अर्ब रुपैयाँभन्दा धेरैको रहेको उनले उल्लेख गरेका छन् । ‘जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ’ उनले भनेका छन् ।

महानगरका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालको इमान्दारीताले सरकारी सम्पत्ति जोगिएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा बालेनले यस्तो लेखेका छन्-

एउटा मान्छेको इमानदारीता
ले के सम्म गर्न सक्छ भन्ने उदाहरण हो यो केस।

झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ।

अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ । यो जग्गा अहिले को अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ ।

अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले । जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ ।

देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल हाम्रो कानुनी सल्लाहकार ओम प्रकाश अर्याल सरलाई धेरै धेरै धन्यवाद । धन्न तपाइँ जस्तो कोहि हुनु हुन्छ र सरकारी सम्पत्ति बचेको छ ।

https://www.facebook.com/balenOfficial/posts/pfbid02dyUbGLxnYTbJgjQFDZqRc7jyPa6knB9r7suUiPzfdeGjJYZqAwrnFot8UxvaA7Wpl

Publish on: