![](https://internal.appharu.com/wp-content/uploads/2022/12/Inflation-768x384.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा गत वर्ष भन्दा ४.६१ प्रतिशतले महँगी बढेको छ ।
गत वर्ष चैत महिनामा अघिल्लो वर्ष भन्दा ७.७६ प्रतिशतले महँगी बढेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा गत वर्ष भन्दा खाद्य तथा पेय पदार्थको मुल्य ५.२१ प्रतिशतले वृद्धी हुँदा गैर खाद्य तथा सेवा समुहको मुल्य ४.१४ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकका अनुसार समिक्षा अविधामा मरमसलाको मूल्य गत वर्षको तुलनामा २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशतले बढेको छ । यस्तै सोही अवधीमा ध्यू तथा तेलको मुल्य १०.१० प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार २०८० चैत महिनामा काठमाडौं उपत्यकाको मुल्य ४.०६ प्रतिशत, तराईको ४.८५ प्रतिशत, पहाडको ५.३३ प्रतिशत तथा हिमालको मुल्य ४.३२ प्रतिशतले बढेको छ ।
SHARE YOUR THOUGHTS