![](https://internal.appharu.com/wp-content/uploads/2023/11/dollar-768x421.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्राको सञ्चिति २२.७ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तमा ११ खर्ब ७१ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा भएको आयातको आधारमा बैकिंङ क्षेत्रसँग भएको विदेशी मुद्राको सञ्चितिले १५ महिनाको बस्तु तथा १२.५ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेछ ।
चालु आर्थिक बर्षको ९ महिनामा गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ आउनुको साथैं आयात २.८ प्रतिशतले घट्दा शोधानान्तर स्थिति ३ खर्ब ६५ अर्ब रुपैयाँले बचतमा गएको छ ।
यस्तै, विप्रेशण आप्रवाहमा भएको सुधार र आयातमा भएको गिरवाटले चालु आर्थिक वर्षको ९ महिनामा चालु खाता १ खर्ब ७६ अर्ब रुपैयाँले बचत भएको छ ।
SHARE YOUR THOUGHTS