![](https://internal.appharu.com/wp-content/uploads/2024/05/thag-pakrau1.png)
काठमाडौं । विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्नै एक जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ का २४ वर्षीय अनिल ढुंगाना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको उनले बताए ।
११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम उनले कारोबार गरेको खुलेको भट्टराईले जनाकारी दिए ।
१५ वटा वालेटहरु प्रयोग गरी ५ करोड भन्दा बडी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको भट्टराईले जानकारी दिए ।
SHARE YOUR THOUGHTS