![](https://internal.appharu.com/wp-content/uploads/2023/08/congress-samsadiyadal-meeting-768x512.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दल बैठक बसिरहेको छ ।
मंगलबार बिहान १० बजेदेखि संसदीय दलको बैठक दल कार्यालय सिंहदरबारमा बसिरहेको हो ।
बैठकमा सदनमा पार्टीले गरिरहको अवरोधबारे छलफल हुनेछ ।
मंगलबार अपराह्न ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेशका नेताहरुसँग छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह गरेका थिए।
संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका मागमा आफूले छलफल गरिरहेकोले नीति तथा कार्यक्रम पेस गर्न दिन उनले आग्रह गरेका थिए ।
कांग्रेसले संसदीय समिति बैठकबाट निर्णय गर्ने जनाएको छ ।
SHARE YOUR THOUGHTS