![](https://internal.appharu.com/wp-content/uploads/2022/09/sandeep.png)
काठमाडौं । किशोरी बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको मंगलबार सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा उनको सुनुवाइपछि केही दिनमै फैसला आउने अपेक्षा गरिएको छ ।
सुनुवाइपछि सन्दीपको पक्षमा फैसला आएको खण्डमा उनले विश्वकप खेल्ने बाटो खुल्नसक्ने बताइएको छ ।
सन्दीपलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै सजाय सुनाएपछि उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । यस मुद्दामा ४ पटकसम्म पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो ।
यसपटक उनको मुद्दा पहिलो नम्बरमै रहेकाले सुनुवाइ स्थगित नहुने सम्भावना देखिएको छ । यद्यपि बहस भने लम्बिन भने सक्नेछ । यसरी मंगलबार नै बहस नसकिए फैसलाको लागि केही दिन लाग्नसक्ने सम्बद्ध कानुन व्यवसायीहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया