![](https://internal.appharu.com/wp-content/uploads/2024/05/ramchandra-paudel-1-768x403.png)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वित्त एवम् मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको छ भने मुद्रा स्फीतिदर घटेको छ । राष्ट्रपति पौडेलले कानुनमा परिमार्जन गरी लगानीयोग्य वातावरण सुधार गरिएको बताएँदै बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी रहेको र बैंकको ब्याजदरमा कमी आएको जिकिर गरे । नीति कार्यक्रम प्रस्तुत गर्दै पौडेलले चालु खाता बचतमा रहेको र शोधनान्तर स्थिति धनात्मक अवस्थामा रहेको उल्लेख गरे ।
SHARE YOUR THOUGHTS