![](https://internal.appharu.com/wp-content/uploads/2023/06/kp-sharma.png)
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संघीय संसद्को संयुक्त बैठकमा अनुपस्थित भएका छन् ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली अनुपस्थित भएका हुन् ।
ओली अस्वस्थ भएकाले संसद्मा अनुपस्थित भएको ओलीको सचिवालयले जनाएको छ ।
SHARE YOUR THOUGHTS