सरकारले सरकारी कर्मचारीको सेवासुविधा समानुकूल र आकर्षक बनाउने « Eglish Khabarhub

सरकारले सरकारी कर्मचारीको सेवासुविधा समानुकूल र आकर्षक बनाउने



काठमाडौं । सरकारले सरकारी कर्मचारीको सेवासुविधा समानुकूल र आकर्षक बनाउने जनाएको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्‍ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल, आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्‍ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त तुल्याइने बताए ।

‘कर्मचारीलाई तालिम प्रदान गर्ने समान प्रकृतिका निकायलार्इ निश्‍चित मापदण्डका आधारमा पुन:संरचना र एकीकरण गरी तालिमको प्रभावकारिता वृद्धि गरिनेछ। कर्मचारीसँग गरिने कार्यसम्पादन सम्झौतालाई वस्तुनिष्‍ठ र मापनयोग्य बनाइनेछ’ पौडेलले भने ।

Publish on: