![](https://internal.appharu.com/wp-content/uploads/2024/04/jhalanatha-khanal-1-768x403.png)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औं मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रुपमा फालिएको दाबी गरेका हुन् ।
मदन-आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको खनालको भनाइ छ । दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या हत्या नै हुने उनले बताए ।
नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गरेको बताए।
SHARE YOUR THOUGHTS