![](https://internal.appharu.com/wp-content/uploads/2024/04/ravi-od.jpg)
काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका गायक रवि ओड ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । ओड हिजो साँझ धरौटी बुझाएर रिहा भएका हुन् ।
कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले बताए ।
गायक ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका थिए । ‘नेपाल आइडल सिजन २’ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।
SHARE YOUR THOUGHTS