![](https://internal.appharu.com/wp-content/uploads/2018/07/akhtiyar.jpg)
काठमाडौं । कैलालीस्थित टीकापुरको १५ बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर मालपोत, नापीका तत्कालीन प्रमुख र जग्गाधनीउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कैलालीको साविक नारायणपुर-८ मा २०२१ सालको फिल्डबुकमा जंगल कायम रहेको २७ बिघा जंगलबाट कित्ताकाट गरी हकभोगको जग्गा भन्ने बनाइ स्रेस्ता खडा गरिएको आरोप उनीहरुमाथिप अख्तियारको छ ।
आयोगले टीकापुर मालपोतका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली र नासु अग्नीबहादुर शाही, नापीका तत्कालीन अधिकृत मानबहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलसहित आफ्नो नाममा जग्गा धनीपूर्जा बनाउने विन्द्र रावल, कमलबहादुर रावल, सुशीबहादुर रावल र विमलबहादुर रावलउपर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीहरूबाट जनही २४ करोड ६ लाख ६९ हजार बिगो दाबी गरिएको छ भने साविकमा जंगलको नाममा रहेको उक्त जग्गा समेत जंगलकै नाममा यथावत कायम गर्ने गरी उनीहरुको भोग हटाउनसमेत माग दाबी गरिएको छ ।
SHARE YOUR THOUGHTS