![](https://internal.appharu.com/wp-content/uploads/2024/05/samsad-birod-_nepali-Congres.png)
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा बोलेका छन् ।
केही समययता संसदमा आफूले बोल्न पाउनु पर्ने माग गर्दै आएका लामिछानेले आफूमाथि लागेका आरोपबारे प्रतिनिधि सभा बैठकमा बोलेका हुन् ।
गृहमन्त्री लामिछाने बोलिसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उठेका थिए । उनीहरुले आफूहरुले बोल्न पाउनुपर्ने माग गरेका थिए ।
तर सभामुख घिमिरेले आज शून्य समयको कार्यक्रम नरहेको जानकारी गराए । त्यसपछि सभामुख घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरे ।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
SHARE YOUR THOUGHTS