सहकारी ठगी कान्डमा संसदीय छानविन समिति नबनेसम्म संसद चल्दैनः गगन थापा « Eglish Khabarhub

सहकारी ठगी कान्डमा संसदीय छानविन समिति नबनेसम्म संसद चल्दैनः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने घोषणा गरेका छन् ।

‘मलाई विश्वास छ भोलि बिहान ११ बजेसम्ममा प्रधानमन्त्री, सभामुख र उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा छानविन समिति बन्ने छ,’ थापाले भने, ‘उहाँले आज संसदमा बोल्नुभयो । अब हामीले जे माग गरेका थियौं, त्यो उदेश्य अनुसारका छानविन समिति नबनेसम्म संसद चल्दैन ।’

सूर्यदर्शन, सुप्रिम लगायतका सहकारी र गोर्खा मिडियाको बारेमा संसदीय छानविन समितिले छानविन नगरेसम्म कांग्रेसले संसद अवरोध गरिनै रहने उनले बताए । विभिन्न सहकारीबाट गोर्खा मिडियामा १ अर्ब दुरुपयोग भएको र गोर्खा मिडियाको १५ प्रतिशतको सेयरधनीसहितको प्रवन्ध निर्देशक रवि लामिछाने रहेका थिए ।

Publish on: