![](https://internal.appharu.com/wp-content/uploads/2024/05/prachanda-6-768x403.png)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले संसदमा प्रस्तुत गरेको गतिविधि इतिहासकै कलंकको रुपमा स्थापित हुने भन्दै दुख व्यक्त गरेका छन् ।
संसद्बाट चौथो पटक विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
‘तपाईँहरुले आज बहुत गलत गर्नुभयो । नेपालको इतिहासमा जुन प्रधानमन्त्री तपाईँहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ उसैलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईँहरुले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने ‘त्यसको लागि म गहिरो दुख व्यक्त गर्छु । यो घटना इतिहासमा कलंकको रुपमा स्थापित हुनेछ ।’
SHARE YOUR THOUGHTS