![](https://internal.appharu.com/wp-content/uploads/2024/03/rabi-1.png)
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् ।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् ।
प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै उनले संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताए । गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताए ।
उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जाहेज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए ।
उनले सरकारले सहकारी पीडितहरुको न्यायको लागि द्रुत गतिमा काम गर्ने प्रतिवद्धता जनाए
प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने उनको भनाइ छ ।
लामिछानेले यसो भने
प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने सवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो । प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने सवैधानिक व्यवस्था हो । एक महिनाभित्र विश्वासको मत लिने कुरा हो ।
आइतवार प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिन उभिएको थिए । गिरीबन्धु जग्गाको विषय बिर्सेको होइन । त्यसलाई पनि छानविनमा ल्याउनुपर्छ । कोको सहभागि छन् छानविन गर्नुपर्छ तर हिजो प्रसंग त्यो थिएन ।
मैले संसदमा के भने त्यसको लागि जिम्मेवार छु । के बुझियो र बुझाइयो त्यसको जिम्मेवार छैन । महिले आरोप लगाएको होइन । प्रतिपक्ष दललाई धम्क्याएको र तर्साएको होइन । विगतमा पत्रपत्रिकाहरुमा मेरो जस्तै आएका समाचारहरुलाई आधार मानेर संसदीय समिति बनाउने हो भनेर उदाहरण दिएको हो ।
संसदीय समिति गठन गर,सहकारी ठगलाई कारबाही गर म पनि भन्छु । सरकारले सहकारी पीडितहरुको न्यायको लागि द्रुत गतिमा काम गर्छ । प्रमुख प्रतिपक्षले व्यक्तिकेन्द्रित भएर नाराबाजी गरिरहेको छ । हामी व्यक्ति केन्द्रित नभइ सरकारले संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्छ ।
SHARE YOUR THOUGHTS