५० किलोवाटसम्मको ईभी चीनभन्दा भारतबाट धेरै ल्याइयो, इण्डोनेसियाबाट साढे २७ करोडको आयात « Eglish Khabarhub

५० किलोवाटसम्मको ईभी चीनभन्दा भारतबाट धेरै ल्याइयो, इण्डोनेसियाबाट साढे २७ करोडको आयात



काठमाडौं । १० महिना (साउनदेखि बैशाख) मा १ अर्ब ९१ करोड ८२ लाख २ हजार रुपैयाँ बराबरको ५० किलोवाटका ९२१ युनिट विद्युतीय सवारीसाधन (ईभी) आयात भएको छ । जसमा कार, जीप र भ्यान छन् ।

भन्सार विभागको तथ्यांकअनुसार सोही अवधिमा भारतबाट २ हजार ४१० युनिट विद्युतीय सवारी आयात भएको छ । जुन ४ अर्ब ३२ करोड ८२ लाख ५८ हजार रुपैयाँ बराबर हो । भारतबाट आयात भएको ५० किलोवाटसम्मको ईभीबाट सरकारले १ अर्ब २९ करोड ५३ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

इण्डोनेसियाबाट १४१ युनिट आयात भएको छ । यसका लागि २७ करोड ४८ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।

चीनबाट तीन पाङग्रे ६ हजार ६ सय ११ युनिट आयात भएको छ । ६४ करोड १५ लाख ३२ हजार  रुपैयाँमा आयात भएको हो । जसबाट २२ करोड ४२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भारतबाट १ हजार ३५९ युनिट तीनपाङग्रे ईभी आयात भएको छ । यसका लागि १८ करोड १३ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । जसबाट ५ करोड ७१ लाख ७३ हजार राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

चीनबाट ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ४ हजार ५६१ युनिट आयात भएको छ । १२ अर्ब ९३ करोड ४९ लाख ७० हजार रुपैयाँमा आयात भएको हो । जसबाट ६ अर्ब ३५ करोड ३३ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भारतबाट ३ सय ३३ युनिट विद्युतीय सवारी आयात भएको छ । जुन ९३ करोड ५० लाख ४२ हजार रुपैयाँमा आयात भएको हो । जसबाट ४५ करोड ६२ लाख ८ हजार राजस्व संकलन भएको भन्सार विभागको तथ्यांक छ।

दक्षिण कोरियाबाट २ युनिट विद्युतीय सवारी आयात भएको छ । ७५ लाख ७ हजार रुपैयाँमा आयात भएको हो । जसबाट १० लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

चीनबाट १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ४७ युनिट गाडी आयात भएको छ ।  जर्मनीबाट १० युनिट, भारतबाट २ युनिट कोरियाबाट ४६ युनिट आयात भएको छ ।

चीनबाट २०२ किलोवाटदेखि ३०० किलोवाटसम्मका १८ युनिट, जर्मनी र अमेरिकाबाट ३/३ युनिट,  आयात भएको छ ।  

Publish on: