मैले टिकापुरको जग्गा ५० हजारमा किनेको हो: आरजू « Eglish Khabarhub

मैले टिकापुरको जग्गा ५० हजारमा किनेको हो: आरजू



काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुरको जग्गा आफूले किनेको दाबी गरेकी छन् ।

मंगलरबार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले आफूले सबै प्रक्रिया पुर्‍याएर किनेको दाबी गर्दै टीकापुरपुरमै गएर कागजपत्र हेर्न आग्रह गरिन् ।

‘टीकापुरको जग्गा तपाईंहरू आफैँ हेर्न जानुस्, मैले ५० हजारमा किनेको हो । त्यसको सबै रिपोर्ट मैले गरिसकेको छु । मैले ०५३ सालामा किनेको हो । यो घोटाला भएको ०६८ पछि हो,’ उनले भनिन् ।

Publish on: