![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Raghubar_mahashet.jpg)
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सम्पत्ति ९ विगाहाभन्दा बढी जग्गा, २ करोड २५ लाख रुपैयाँ नगद, ४३ तोला सुन र विभिन्न बैंकमा साढे ३ करोड रुपैयाँको शेयर रहेको छ ।
सरकारले मंगलबार सार्वजनिक गरेको सरकारका मन्त्रीहरुको सम्पत्ति विवरणमा महासेठले आफू र पत्नी जुलिकुमारी महत्तोको नाममा रहेको नगद र चल अचल सम्पत्ति उल्लेख गरेका छन् ।
महासेठको जनकपुर र काठमाडौंमा घर रहेको छ । जनकपुरका ३ कठ्ठा क्षेत्रफलमा फैलिएको साढे २ तले घर रहेको छ । महासेठले २०५५ सालमा खरिद गरेको उक्त घर जुलिकुमारी महत्तोको नाममा रहेको छ । महत्तोकै नाममा ललितपुरमा २ रोपनी १३ अनामा २०५६ सालमा जग्गा अरिद गरर बनाएको साढे २ तले अर्को पनि छ ।
महासेठले श्रीमती महत्तको नाममा धनुषमा ७ विघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामै ३ कठ्ठा जग्गा रहेको छ । महासेठको नाममा १ विघा १५ कठ्ठा जग्गा पनि छ ।
महासेठको जग्गा बिक्री र पैतृक जग्गाको कृषि बालिबाट प्राप्त आम्दानीबाट २ करोड २५ लाख नगद, ४३ तोला सुन, १.५० केजी चाँदी पैतृक तथा उपहारबाट पाएको सम्पत्ति छ । महासेठले श्रीमती जुलीकुमारी महत्तोका नाममा विभिन्न बैंकमा ३ करोड ५५ लाख रुपैयाँ शेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS