![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Nawal-Kishor-Sah-Saprati-1-768x432.jpg)
काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्तिमा बन्दुक (१२ बोर) राइफल रहेको उल्लेख छ । सुडीले आफ्नो सम्पत्तिको अन्य विवरणमा उक्त हतियार आफूसँग रहेको उल्लेख गरेका छन् ।
सुडीको विभिन्न १२ वटा खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ रहेको उल्लेख गरेको छन् । उनीसँग १५८ तोल सुन रहेको छ भने करिब डेढ केजी चाँदी रहेको उल्लेख छ ।
उनको १५ स्थानमा ५ विघाभन्दा बढी जग्गा रहेको छ । सुडीको सप्तरीका विभिन्न स्थानमा ९ वटा घर रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विरणमा उल्लेख छ
SHARE YOUR THOUGHTS