![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Sandeep1.jpg)
काठमाडौं । टी २० वश्वकप खेल्नका लागि अमेरिका जाने तयारी गरेका क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले भिसा नदिएको बताएका छन् ।
उनले आजै फेसबुकमा लेख्दै अमेरिकाले भिसा नदिएको जानकारी दिएका छन् । साथै आफ्ना प्रसंसकहरुसँग विश्वकप खेल्न नसकेकोमा दुख लागेको प्रतिक्रिया दिए ।
लामिछानेले केही साता अघिमात्र उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए । सफाइ पाएसँगै उनले अमेरिका र वेष्टइन्डिजले संयुक्त रुपमा आयोजना गर्ने टी-२० विश्वकपमा सहभागिता जनाउने भएका थिए । सफाइ पाएसँगै लामिछानेमाथिको निलम्बन क्यानले फुकुवा गरेको थियो र अमेरिका पठाउने प्रकृया थालेको थियो ।
SHARE YOUR THOUGHTS