अफ्रिकी अर्बपतिको गुनासो- ‘आफ्नै महादेश घुम्‍न युरोपियनलाईभन्दा मलाई किन गाह्रो ?’ « Eglish Khabarhub

अफ्रिकी अर्बपतिको गुनासो- ‘आफ्नै महादेश घुम्‍न युरोपियनलाईभन्दा मलाई किन गाह्रो ?’



काकासँग सापट मागेको पैसाले नुन, चिनी र पिठो बेचेर लोकल व्यापार सुरु गरेका अलीको डांगोटेको सम्पत्ति १३ अर्ब ४ करोड अमेरिकी डलर छ । अफ्रिकाभर व्यापारको साम्राज्य स्थापित गरेका छन् । विश्वभरकै सर्वाधिक धनी अस्वेत उद्यमी अलीको डांगोटे को हुन् ?

एजेन्सी । अफ्रिकाका सबैभन्दा धेरै धनी व्यवसायी अलीको डांगोटेले आफ्नै महादेशमा भ्रमण गर्न पनि कठिनाइ झेल्नुपरेको गुनासो गरेका छन् । विभिन्न देशहरुमा आफ्नो व्यवसाय भए पनि ती देशमा जानका लागि कठिन हुने गरेको उनको भनाइ छ ।

नाइजेरियाली अलीकोले कुनै पनि युरोपियन पर्यटकले भन्दा आफूले अफ्रिका महादेशमा धेरै झन्झट बेहोर्नुपरेको बताएका छन् । ‘लगानीकर्ताको रुपमा, अफ्रिकालाई महान बनाउन चाहने एक व्यक्तिको रुपमा, मैले आफ्नो पासपोर्टमा ३५ वटा फरक भिसा लगाउनुपर्छ,’ किगालीमा आयोजित अफ्रिका सीईओ फोरममा अलीकोले भने, ‘भिसा लिनका लागि दूतावासमा गएर पासपोर्ट बुझाउन मसँग वास्तवमै समय छैन ।’

६७ वर्षीय उद्यमी अलीकोले अफ्रिकीहरुलाई अफ्रिका भ्रमणमै झन्झट हुँदा यसले निराशाको आगो बालेको बताएका थिए । उनले आफूसँगै रहेका टोटल इनर्जीजका सीईओ पेट्रिकसँग तुलना गर्दै उने भन्दा आफूले धेरै भिसा लगाउनु परेको बताएका थिए ।

यद्यपि उनले रुवान्डाको प्रशंसा गरेका छन् । किनकि रुवान्डाले २०२३ मा सबै अफ्रिकीहरुका लागि भिसा अनुमति हटाएको छ । यस्तै बेनिन, गाम्बिया र सेसेल्समा पनि अफ्रिकीहरुले भिसा अनुमति लिनु पर्दैन । तर अधिकांश अफ्रिकी देशहरुले अहिलेसम्म पनि अन्य अफ्रिकी देशबाट आउने आगन्तुक अफ्रिकीहरुलाई नै भिसा लिनुपर्ने बाध्यकारी नियम बनाएका छन् ।

को हुन् कलीको डांगोटे ?

१९५७ को अप्रिल १० मा नाइजेरियामा जन्मिएका थिए अलीको डांगोटे । हाल अफ्रिकाका सबैभन्दा धनी व्यवसायी बनेका उनको कुल सम्पत्ति १३ अर्ब ४० करोड अमेरिकी डलर छ । यस हिसावले उनी विश्वकै सर्वाधिक धनी अस्वेत नागरिक पनि हुन् । नाइजेरियाका सर्वाधिक ठूला रोजगारदाताको रुपमा चिनिएका उनले अफ्रिकाका विभिन्न देशमा व्यावसायिक साम्राज्य फैलाएका छन् ।

२१ वर्षको उमेरमा ग्राजुएट भएपछि अलीकोले आफ्नो काकाबाट ३ हजार अमेरिकी डलर सापट लिएर नाइजेरियामा कृषि सामग्रीहरु आयात गर्ने र बिक्री गर्न थालेका थिए । नाइजेरिया उनको मातृभूमि पनि हो ।

छोटो समयमै उनको व्यवसाय सफल भएको थियो । फलस्वरुप उनले काकाको सापट व्यवसाय गरेको ३ महिनामै फिर्ता गरेका थिए । हाल उनको स्थानीय व्यापार अर्बो डलरको निगममा परिणत भइसकेको छ । उनी अफ्रिकाकै सबैभन्दा ठूला उद्यमीको रुपमा चिनिएका छन् । यससँगै उनले थुप्रै परोपकारी काम पनि गरिरहेका छन् ।

नुन, चिनी र पिठो बेचेर सुरु गरेको उनको कम्पनीले अहिले डांगोटे सिमेन्टको आफ्नै ब्रान्ड बनाएको छ । यसबीचमा उनले विश्वकै तेस्रो ठूलो रिफाइनरी चिनी उनैले बनाउँछन् ।

Publish on: