![](https://internal.appharu.com/wp-content/uploads/2024/05/sarukh.jpg)
काठमाडौं । बलिउडका बादशाह शाहरुख खान अस्पताल भर्ना भएका छन् ।
अहमदाबाद गएका बेला शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शाहरुख खान आफ्नो आईपीएल टीमलाई समर्थन गर्न अहमदाबाद गएका थिए । त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यले जनाइएको छ ।
शाहरुखलाई डिहाइड्रेसन भएको समाचारमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS