बालेनले सडक विभागको गेटैमा १ ट्रक धुलो थुपारिदिए « Eglish Khabarhub

बालेनले सडक विभागको गेटैमा १ ट्रक धुलो थुपारिदिए



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा फोहोर थुपारिदिएको छ ।

महानगरको ब्रुमरले टिपेको धुलो काठमाडौंस्थित सडक विभाग, बबरमहल र डिभिजन सडक कार्यालय, मिनभवनको गेटमा थुपारिदिएको हो ।

काठमाडौं मेयर बालेन्द्र साह बालेनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु । माया गरेर स्विकार्नु होला ।’

मेयर साहले कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारका कारण त्यस क्षेत्रका बासिन्दाले १५ वर्षदेखि धुलो र कष्ट ब्यहोर्नुपरेको दाबी गर्दै फेसबुकमा लेखेका छन्, ‘काठमाडौंमा हुने आधा भन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानुपरेको छ ।’

https://www.facebook.com/balenOfficial/videos/1009021877544072/?mibextid=rS40aB7S9Ucbxw6v

Publish on: