काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुढानीलकण्ठ पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनी बुढानीलकण्ठ पुगेका हुन् ।
संसद्मा देखिएको गतिरोधलगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवा निवास पुगेका हुन् ।
आजै सत्ता पक्षले शीर्ष नेताहरूको बैठक बोलाएको छ ।
सहकारी ठगी प्रकरणमा बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको टुंगो नलाग्दा लामो समयदेखि संसद्मा गतिरोध देखिएको छ ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर कार्यादेश बनाउनुपर्ने माग राख्दै आएको छ । सत्ता पक्षले भने नाम किटान गरेर समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।
SHARE YOUR THOUGHTS