![](https://internal.appharu.com/wp-content/uploads/2021/04/briddha-bhatta.png)
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि गत आर्थिक वर्षमा १ खर्ब ८ अर्ब ३७ करोड २ लाख वितरण गरेको छ ।
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन अनुसार गत वर्ष ३८ लाख नागरिकलाई १ खर्ब ८ अर्ब ३७ करोड २ लाख सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
सो रकम गत वर्षको तुलनामा १२.८२ प्रतिशत बढी रहेको छ ।
नेपालमा विगत १० वर्षमा राजस्वको वृद्धि दर १९.२ प्रतिशत, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको वार्षिक वृद्धिदर १०.४२ प्रतिशत र सामाजिक सुरक्षा भत्ताको वार्षिक वृद्धिदर ३०.५३ प्रतिशत रहेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
SHARE YOUR THOUGHTS