![](https://internal.appharu.com/wp-content/uploads/2022/04/sun-nepal.png)
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।
लेखापरीक्षकको प्रतिवेदनसहित अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन साथै नियमावली संशोधन तथा निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र त्यससँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण साधारणसभाले पारित गरेको छ । जसअनुसार हाल कायम रहेको चुक्ता पूँजी ३ अर्ब २० करोडको २३.८० प्रतिशतले ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पनि पारित भएको छ ।
कम्पनीका अध्यक्षले कम्पनीको सूचांक सन्तोषजनक रहेको तथा जोखिममा आधारित व्यवसाय गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा आर्थिक क्रियाकलापसँगै कम्पनीको व्यवसाय बढोत्तरी हुने विश्वास व्यक्त गरेका थिए ।
SHARE YOUR THOUGHTS