![](https://internal.appharu.com/wp-content/uploads/2024/05/AIRPORT-ghumaaij-768x379.jpg)
काठमाडौं । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । सोमबार साँझ मौसम प्रतिकुल हुँदा विभिन्न देशबाट आएका ४ वटा वायुसेवाले अवतरण गर्न सकेनन् ।
विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम, कतार र मलेसियाबाट आएको एउटा जहाजले आघा घण्टाभन्दा बढी समयदेखि आकासमा फन्को मार्दै होल्डमा बसिरहेका छन भने चीनबाट आएको एउटा जहाज भने डाइभर्ट भएको छ ।
डाइभर्ट भएर चीन गएको उक्त जहाज आउँदै छ भने होल्डमा भएका जहाजहरु पनि केही बेरमा अवतरण गर्ने तयारी भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
मौसम प्रतिकुल भएका कारण आन्तरिक उडानलाई पनि असर परेको छ । आन्तरिक उडानका केही वायुसेवा पनि उड्न पाएनन भने बाहिरी जिल्लाका विमानस्थलबाट आएका जहाजले पनि ढिलो गरेर आउनुपर्ने, केहीलाई डाइभर्ट नै गर्नुपरेको विमानस्थल कार्यालयको भनाइ छ
SHARE YOUR THOUGHTS