प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको नाममा कलेज स्थापना गर्न बजेट विनियोजन « Eglish Khabarhub

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको नाममा कलेज स्थापना गर्न बजेट विनियोजन



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने घोषणा गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको नाममा कलेज स्थापना गर्न बजेट विनियोजन गरिएको पुनले जानकरी दिए ।

२०८० असार २७ गते प्रधानमन्त्री दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको थियो ।

दाहालले आफ्नी पत्नीको नाममा काठमाडौं विश्वविद्यालयबाट कलेज स्थापना गर्न बजेट विनियोजन गर्न लगाएका हुन् ।

Publish on: