काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले काजुमा कर घटाएका छन् ।
मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै मन्त्री पुनले काजुसहित बदाम प्रशोधनलगाय उद्योगको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने उद्घोष गरेका हुन्।
कुन दरले कर घट्यो भने विवरण प्राप्त हु्न बाँकी छ ।
यसैगरी औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको भन्सार र अन्त:शुल् घटेको छ ।
पुनले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन यस्तो व्यवस्था गरेको बताए ।
यस्तै स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको भन्सार महसुल र अन्त: शुल्कमा बढाएका छन् । उद्योगको कच्चा पदार्थको आयातमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था मिलाएको उनले बताए ।
SHARE YOUR THOUGHTS