काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएको छ ।
बुधबारदेखि काठमाडौंकाका सडकमा स्वयंसेवकको पहेलो ज्याकेट लगाएका चालकहरु खटिएका हुन् ।
मापसे गरी सवारी चलाएको अवस्थामा कारबाहिमा परेकाहरुलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो ।
गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए । महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने र उनीहरुको सट्टा मापसेमा कारबाही परेकालाई सडकमा खटाउन थालेको हो ।
SHARE YOUR THOUGHTS