![](https://internal.appharu.com/wp-content/uploads/2024/05/sandeep-768x463.jpg)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दोस्रोपटक भिसा दिन अस्वीकार गरेको छ । बिहीबार अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका लामिछानेले दोस्रो पटक भिसा नपाएका हुन् ।
अमेरिका र वेष्ट इन्डिजमा हुने क्रिकेट टी-२० विश्वकप खेल्न लामिछाने जाने तयारीमा थिए तर उनलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । भिसा नदिएपछि खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल गरेको थियो ।
अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तर्वार्तामा बोलाएको थियो ।
लामिछानेलाई भिसा दिनु पर्ने माग राख्दै समर्थकहरु बुधबार नेपालस्थित अमेरिकी दूतावास घेराउमै गएका थिए ।
सन्दीपको भिसा आउने अपेक्षामा क्यानले आईसीसीलाई १४ सदस्य टोलीको मात्र सूची बुझाएको थियो ।
SHARE YOUR THOUGHTS