
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीलाई कालोसूचीमा राखेको छ ।
ठेक्का लिएर समयमा काम नगर्ने कम्पनीहरु कालोसूचीमा परेका हुन् । कालोसूचीमा राखिएको अवधिभर कम्पनीहरुले कुनै पनि सार्वजनिक खरिद कार्यमा सहभागि हुन पाउने छैनन् ।
को को परे कालोसूचीमा ?
सशस्त्र प्रहरी बल, प्रधान कार्यालय हलचोकको सिफारिसमा फ्रेण्ड ट्रेडिङ कन्सर्नलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । सशस्त्र प्रहरी बलकै अर्को ठेक्का लिएर काम नगरेको भन्दै फ्रेण्डस ट्रेडिङ कन्सर्न र बाबा माईचन्द इन्टरनेशनललाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
नीलकण्ठ नगरपालिकाको सिफारिसमा स्टार ईन्फ्रा एण्ड डेभलोपर्स प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीले ठेक्का लिएर काम अलपत्र पारेपछि कालोसूचीमा राखिएको हो ।
कालिमाटी नगरपालिकाको सिफारिसमा विकोई/जय वागेश्वरी/सिस्ने जेभीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन, चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा धुलिखेल निर्माण सेवा, र जेके विल्डर्सको जेभीलाई १ वर्ष ६ महिनालाई कालोसूचीमा राखिएको छ ।
सडक डिभिजन बुटवलको सिफारिसमा मैनाचुली बोखिम जेभीलाई १ वर्षका लागि कालोसूचीमा रखिएको छ ।
सडक डिभिजन जुम्लाको सिफारिसमा मेलिना एण्ड मिलन निर्माण सेवालाई कालोसूचीमा राखिएको छ । १ वर्षका लागि कालोसूचीमा राखिएको हो ।
परवनीपुर गाँउपालिकाको सिफारिसमा एनएण्ड जे ट्रेडर्सलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्रिपुरा सुन्दर गाउँपालिकाको सिफारिसमा ओम कन्स्ट्र्क्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ। परवानीपुर गाउँपालिकाकै सिफारिसमा ईसा कन्स्ट्रक्सन र शिवाणी इन्टरप्राइजेजलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।
काठेखोला गाउँपालिकाको सिफारिसमा शुविहान कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । शिवनाथ गाँउपालिकाको सिफारिसमा हिम शिखर निर्माण सेवालाज्ञ १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
SHARE YOUR THOUGHTS