चिनियाँ पर्यटक भित्र्याउन बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम हुँदै « Eglish Khabarhub

चिनियाँ पर्यटक भित्र्याउन बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम हुँदै


१८ जेष्ठ २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । होटल संघ नेपालले चिनियाँ पर्यटक भित्र्याउने र नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम जेठ १९ देखि २५ गतेसम्म सञ्चालन हुने छ ।

कोभिड संक्रमणपछि पहिलो पटक हुन लागेको यस कार्यक्रमको होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटलहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डल भोली चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

कोभिडपछि चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएको क्रममा नेपाली प्रतिनिधिमण्डलले प्रतिष्ठित चिनियाँ ट्राभल तथा टूर अपरेटरहरुसँग गर्ने बीटूबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रमबाट चिनियाँ पर्यटक बढाउन प्रत्यक्ष योगदान पुग्ने होटल संघ नेपालको अपेक्षा छ ।

बेइजिङ र छेन्दुमा होटल संघ नेपाल र समकक्षी चाइना होटल संघ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न संघ संस्थाबीच तालिम, प्रशिक्षणका साथै दुईपक्षीय पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ।

उक्त कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालय तथा नेपालको पर्यटन सम्बन्धी प्रस्तुतिकरण नेपाल पर्यटन बोर्डबाट हुने पनि होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ००:००  १ : ४३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping