
काठमाडौं । न्युरोडमा सडक भत्काउने र पिच गर्नेबीच बिबाद चलेको छ ।
काठमाडौं महानगरपालिकाले न्युरोडको सडक घटाएर फुटपाथ विस्तार गर्न रोड काटेपछि सडक विभागसँग बिबाद भएको थियो ।
बिबादकाबीच सडक विभागले आज विहानबाट महानगरले भत्काएको सडक पीच गर्न सुरु गरेपछि बिबाद भएको हो ।
विभागले पीच गर्न थालेपछि महानगरप्रहरी त्यसलाई रोक्न न्युरोड पुगेको थियो ।
महानगर प्रहरी रोक्न पुगेपछि स्थानीयले नाराबाजी गरेका थिए । स्थानीयले ‘हाम्रो घरको कुरा हामी गर्छौं’,
‘दाजुभाइ टुक्याउने नगरप्रहरी चाहिँदैन’ , नगरप्रहरी फिर्ता जा लगायतका नारा लगाएका थिए ।
SHARE YOUR THOUGHTS