
काठमाडौं । भारतीय संसदको तल्लो सदनका लागि भएको मतदानको गणना सुर भएको छ ।
लोकसभाको ५४३ सदस्यको चुनावका लागि १९ अप्रिल र १ जुनका बीच करोडौं भारतीयले मतदान गरेका गरेका थिए । मतगणना मंगबार विहान ८ बजेबाट सुरु भएको छ ।
केन्द्रमा सरकार बनाउनका लागि बीजेपीको नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन(एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा इन्डियन नेशनल डेभलपमेन्ट इक्लुसिव एलाइन्स (आईएनडीआई) गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ ।
विहान साढे ११ बजेसम्म एनडीए गठबन्धनले २८५ सीटमा अग्रता बताउँदा इन्डिया गठबन्धनले २०९ सीटमा अग्रता बनाएको छ भने अन्य दलले ३९ सीटमा अग्रता बनाएका छन् ।
मतगणनाको प्रारम्भिक रुझानबाट प्रधानमन्त्री नेरेन्द्र मोदीको दल भाजपा एक्लैले ३७० सीट अनि गठबन्धन साझेदारहरूसँग मिलेर ४०० सीट कटाउने महत्त्वाकांक्षामा ठेस लाग्ने देखिएको छ ।
सन् २०१९ को चुनावमा भाजपाले ३०३ सीट जितेको थियो ।
SHARE YOUR THOUGHTS