
काठमाडौं । नेपाल भेटिरिनरी काउन्सिलले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।
पशु चिकित्सा क्षेत्रमा उत्पादन हुने चिकित्सकको परीक्षा लिएर चिकित्सकको रुपमा योग्य रहेको भनेर अनुमति प्रदान गर्ने यो काउन्सिल ९००१:२११५ आईएसओ मान्यता प्राप्त गरेको पहिलो सार्वजनिक संस्थानमा परेको छ ।
काउन्सिलका उपाध्यक्ष डा. स्वयमप्रकाश श्रेष्ठका अनुसार काउन्सिलको नागरिकपत्रमार्फत प्रदान गरिने सेवा र कार्यालय व्यवस्थापन अन्तर्राष्ट्रियस्तर भएको प्रमाणको आधारमा आईएसओ प्रदान गरिएको हो ।
पशु चिकित्सक योग्य रहे वा नरहेको हकमा अनुमति प्रदान गर्न परीक्षा लिने, भेटेरिनरी शैक्षिक संस्थाको नियमन, भेटेरिनरी सेवाको गुणस्तर निर्माण, पशु चिकित्साको आचार संहितालगायतको क्षेत्रमा काउन्सिल काम गर्दै आएको छ ।
काउन्सिलको बिषयमा सुसानको विभिन्न चरण, सार्वजनिक खरिद र व्यवस्थापनको बिषयमा आईएसओको आन्तरिक अडिटको बिषयमा क्वालिटी म्यानेजमेन्ट सिस्टम नेपालले अध्ययन गरेको थियो ।
यस्तै बाहिरी अडिटको बिषयमा क्वालिटी कन्ट्रोल सर्टिफिकेसन भारतले अधययन गरेको थियो । यो आधारमा उत्कृष्ठ ठहरिएपछि काउन्सिललाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने गरी आईएसओ प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।
काउन्सिलमा १ हजार ७ सय ९२ जना पशुचिकित्सक आवद्ध छन् ।
SHARE YOUR THOUGHTS