
काठमाडौ । रोटरी क्लब अफ काठमाडौं मेट्रो र रोटरी क्लब अफ काठमाडौं हेरिटेजल निशुल्क स्वास्थ शिविर आयोजना गरेका छन् । केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराका ७२ जना महिला कैदी बन्दीहरुलाई निशुल्क स्वास्थ जाँच गरी औषधि वितरण गरिएको हो।
दुबै क्लबका सदस्यहरु, रोट्र्याक सदस्य तथा कारागारका कर्मचारीहरुको उपस्थितिमा उक्त कार्यक्रममा गरिएको हो । शिविरमा स्त्री रोग विशेषज्ञहरुले उपस्थित महिला कैदी बन्दीहरुलाई विभिन्न स्त्री रोगहरुको बारेमा जानकारी दिँदै त्यसका लागि उपचार तथा अपनाउनुपर्ने सावधानीहरुको बारेमा जानकारी दिएका छन् ।
रोटरी काठमाडौं मेट्रोले यस्ता विभिन्न खालका सामाजिक कार्यहरु गर्दै आइरहेको छ भने रोटरी काठमाडौं हेरिटेज समाजिक कार्यमा सक्रिय हुन हालै खोलिएको नयाँ रोटरी क्लब हो । यस कार्यक्रमले स्वास्थ जाँच भएका महिला कैदीहरुको स्वास्थमा लाभ भई उनीहरुको आर्थिक, सामाजिक र व्यक्तिगत जीवनमा पनि सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिकएको छ ।
SHARE YOUR THOUGHTS