![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-3-768x512.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको छ ।
सोमबार सोमबारका अपराह्न १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरु मध्ये एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट सम्बन्धि पूर्णकालीन अभ्यास भएको हो ।
अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागि हुने विभिन्न निकायहरु बीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागि निकायहरुले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिबृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको संचालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-1.jpg)
अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लोका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देखिएको थियो ।
साथै अभ्यासको क्रममा १ बजेदेखि करिब २ बजेसम्म विमानस्थलको अपरेशन बन्द भएकाले नियमित उडान अवतरण प्रभावित भएको थियो ।
यो विमानस्थल संकटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमरजेन्सी प्लानअनुसार भएको योजनाबद्ध अभ्यास गरिएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-3.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-4.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-5.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-6.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-7.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-8.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-9.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-10.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-11.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-12.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-13.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-14.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Ti-rescue-15.jpg)
SHARE YOUR THOUGHTS