![](https://internal.appharu.com/wp-content/uploads/2023/11/finance-ministry_artha-mantralaya-768x403.jpg)
काठमाडौं । तीन सहसचिव अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ३२ सहसचिव सरुवा गरेको हो । जसअनुसार ३ जना अर्थ मन्त्रालय भित्रिएका हुन् भने १ जना बाहिरिएका छन् ।
सहसचिवहरु सुशीला अर्याल अनिल कुमार दत्त र रामकुमार महतो अर्थ प्रवेश गरेका छन् भने राजेश्वर ज्ञवाली बाहिरिएका छन्।
सरुवाको सूचीअनुसार झलकराम अधिकारी नेपाल ट्रस्टको कार्यालयबाट सरुवा भएर सुदूरपश्चिम प्रदेशको अर्थसचिव बनेका छन् । यसैगरी भूमि व्यवस्था मन्त्रालयमा रहेका कुमारप्रसाद दहाल नेपाल ट्रस्ट पुगेका छन्।
गृह मन्त्रालयमा रहेका रुद्रसिंह तामाङलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अतिरित्तमा पठाइएको छ ।
SHARE YOUR THOUGHTS