
काठमाडौं । माइतीघर मण्डलामा रहेको राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।
मंगलबार आत्महत्याको प्रयास गर्ने आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको हो ।
पूर्वश्रीमानबाट बलात्कृत भएको भन्दै मुद्दा दायर गरेकी उनले पटकपटक आत्महत्याको प्रयास गर्दै आएकी छन् । उनका पूर्वश्रीमानलाई अदालतले दोषी ठहर गरिसकेको छ ।
गत माघ २ गते सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेकी उनले गत चैत २१ गते सर्वोच्च अदालत परिसरमै विष सेवन गरेकी थिइन् । आज भने आत्महत्याका लागि भन्दै पोल चढेकी हुन् । उद्धार गरिएकी उनको वीर अस्पतालमा उपचार भइरहेका छ ।
अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय हुने फैसला सुनाइसकेको छ ।
SHARE YOUR THOUGHTS