![](https://internal.appharu.com/wp-content/uploads/2024/06/Untitled-design-5-768x403.png)
काठमाडौं । काठमाडौंको रामकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त स्वयम्भूका अनुसार शुक्रबार बिहान साढे पाँच बजे कार दुर्घटनामा परेको बारे खबर आएको थियो ।
मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नाल रहेका छन् ।
कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । कार अहिले कलभर्टबाट निकालिएको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS