![](https://internal.appharu.com/wp-content/uploads/2024/06/india-768x519.jpg)
काठमाडौं । आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् ।
वेस्ट इन्डिज र अमेरिकामा जारी विश्वकपमा बिहीबार राति भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डविरुद्ध प्रभावशाली खेल प्रदर्शन गर्दै ६८ रनले पराजित गरेको छ ।
भारतले फाइनलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
१७२ रनको लक्ष्य पाएको इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भएको थियो । भारतका अक्सर पटेल र कुलदीप यादवले ३/३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।
इङ्ल्यान्डका लागि ह्यारि ब्रुकले २५, जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । फिल साल्टले ५, मोइन अलीले ८ र साम करनले २ रन बनाए भने जोनी बेयरस्टले खाता खोल्न सकेनन् । लायम लिभिङ्स्टनले पनि १ रन मात्र जोड्न सके।
त्यसअगाडि भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । रोहित शर्माले फेरि कप्तानी इनिङ्स खेल्दै ५७ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै सूर्यकुमार यादवले ४७ रनको योगदान दिए ।
SHARE YOUR THOUGHTS