१७ वर्षपछि भारतलाई टी २० विश्वकप जिताएर कप्तान रोहितले लिए सन्न्यास « Eglish Khabarhub

१७ वर्षपछि भारतलाई टी २० विश्वकप जिताएर कप्तान रोहितले लिए सन्न्यास



काठमाडौं । भारतीय क्रिकेटका कप्तान रोहित शर्माले विश्वकप जितेसँगै टी २० इन्टरनेशनलबाट सन्यासको घोषणा गरेका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा शर्माले दक्षिण अफ्रिकाका विरुद्ध खेलिएको टी २० विश्वकपको फाइनल खेल आफ्नो टी २० इन्टरनेशनल करियरको आखिरी खेल भएको बताएका थिए ।

तर शर्माले भारतको टेस्ट र वनडे क्रिकेट खेल खेल्न भने जारी राख्ने छन् ।

रोहितभन्दा पहिला विराट कोहलीले टी २० इन्टरनेशनलबाट सन्न्यासको घोषणा गरेका थिए ।

रोहित शर्माको अगुवाइमा टीम इन्डिया १७ वर्षपछि टी २० वर्ल्ड कप जीत्न सफल भएको थियो ।

अमेरिका र वेस्टइन्डिजमा खेलिएको विश्वकपमा भारतले दक्षिण अफ्रीकालाई ७ रनले पराजित भएको थियो ।

Publish on: