काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन् ।
दलको आइतबार बसेको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेताबाट हटाउने निर्णय गरेको हो । श्रेष्ठलाई दलको नेताबाट हटाएको जानकारी सोमबार संसद् सचिवालयलाई गराउने तयारी उक्त पक्षको छ ।
रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् । रञ्जिताले भने हस्ताक्षर गरेकी छैनन् ।
बैठकले श्रेष्ठलाई दलको नेताबाट हटाएर गंगाराम चौधरीलाई बनाउने निर्णय गरेको छ । त्यस्तै लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय पनि गरेको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन् ।
नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद छ ।
प्रतिक्रिया